यी हुन् ओलीलाई मतदान गर्ने माधव–झलनाथ पक्षका ८ सांसद

0

काठमाडौं-नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षका आठ जना सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन्।

संसदमा उपस्थित हुनेहरूमा राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन्। आठ मध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद हुन्।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा माधव–झलनाथ पक्षको आज बसेको बैठकले अनुपस्थित हुने निर्णय गरेको थियो।