गड्डाचौकी र गौरीफन्टा नाकाबाट १२ सय ८४ जना नेपाली स्वदेश भित्रिए, १७ जनामा कोरोना संक्रमण

0

कञ्चनपुर– कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट सोमबार १२ सय ८४ जना नेपाल भित्रिएका छन्। गड्डाचौकी नाकाबाट २ सय ५५ जना र गौरीफन्टाबाट १ हजार २९ जना गरी १ हजार २ सय ८४ जना स्वदेश फर्किएका हुन।

दुवै नाकाबाट स्वदेश फर्किएका मध्ये १७ जनामा कोरोना संक्रमण देखिएको छ। गड्डाचौकी नाकाबाट २ सय ५५ जना भित्रिएकोमा ६१ जनामा एन्टीजेन परिक्षण गर्दा २ जना र गौरीफन्टाबाट १ हजार२९ जना भित्रिएकोमा ८२ जनामा एन्टीजेन परिक्षण गर्दा १५ कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

कोरोना संक्रमण देखिएका व्यक्तिहरुलाई भने कञ्चनपुरको महाकाली अस्पताल र सेती अस्तालको आईसोलेसनमा राखिने गरेको जनाएको छ। यस्तै सोमबार नै दुवै नाकाबाट १ सय ८० जना नेपालबाहिर गएका छन्।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार कोरोना संक्रमण देखिएका बाहेका बाँकी अरु सबैलाई आ-आफ्नो स्थानीय तहको जिम्मा लगाईएको जनाएको छ।