अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा एक जना पक्राउ

0

काठमाडौं– पल्स अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका ९ डेरा गरी बस्ने सिरहा शुखिपुर नगरपालिका २ घर भएका बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनरायण साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

सोही उपमहानरगपालिका ९ बाह्र बिघास्थित उक्त स्टोरबाट १ हजार ७ सय रुपैयाँ पर्ने पल्स अक्सिमिटर २ हजार ५ सय देखि ३ हजार रुपैयाँ सम्ममा बिक्री गरी कालोबजारी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो।

साथै उक्त स्टोरबाट २८ थान पल्स अक्सिमिटर समेत प्रहरीले बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।