तोलाको ९२ हजार पुग्यो सुन

0

काठमाडौं– नेपाली बजारमा छापावाल सुनको मूल्‍य तोलामा ९२ हजार रुपैयाँ पुगेको छ।

सोमबार तोलामा दुई सय रुपैयाँले बढेर सुनको मूल्‍य ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुनको मूल्‍य तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो। यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ५१ हजार पँच सय रुपैयाँ पुगेको छ।

यस्तै चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ पुगेको छ । आइतरबार चाँदीको खरिद बिक्री मूल्य १३ सय ४५ रुपैयाँ थियो।