यस्तो छ त्रिनगर नाकामा भारतबाट लालाबाला र झोलीभिम्टा ल्याएर आउनेको अबस्था (फोटोफिचर)

0

कैलाली- भारतमा दोस्रो लहरको कोरोनाका कारण रोजगारी गुमाएर भारत पसेका नेपालीहरु स्वदेश फर्किने क्रम जारी छ।

गौरीफन्टा नाकामा भारतबाट फर्किएका नेपालीहरु निषेधाज्ञाले गर्दा गन्तव्य स्थान जानका लागि सास्ती व्यहोदै आईरहेका छन्।

अहिले कैलालीको त्रिनगर नाकाबार दैनिक १ हजार देखी १ हजार ५ सय सम्म नेपाली नागरिकहरु स्वदेश फर्किरहेका छन्।

दैनिक लाखौँको संख्यामा कोरोना संक्रमित थपिदै गएपछि भारतका बिभिन्न शहरमा लकडाउन जारी गरिएको छ।

यही लकडाउनले रोजगारी गुमेपछि फेरी नेपालीहरु स्वदेश फर्किरहेका हुन्।

१ महिनाको अवधीमा मात्रै २५ हजार बढी नेपाली त्रिनगर नाका हुँदै स्वदेश फर्किएका छन् ।