सुर्खेतमा सात घटनामा ब्राउन सुगरसहित ११ जना पक्राउ

0

सुर्खेत-जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञाकै बीचमा लागुऔषधका सात घटनामा ब्राउन सुगरसहित ११ जनालाई पक्राउ गरेको छ।

नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमणको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा खटिएको सुर्खेत प्रहरीले १३.५ ग्राम लागुऔषधसहित अभियुक्तलाई पक्राउ गरेको हो।

लागुऔषधमा संलग्न पाँच जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए।