नेपाल सुपर लिग : शीर्ष स्थानमा उक्लियो धनगढी

0

काठमाडौं-धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ।बुधबार भएको खेलमा पोखरा थण्डर्सलाई १–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे।खेलको ६८ औं मिनेटमा परिवर्तित खेलाडी दर्शनले गोल गर्दै धनगढीलाई १–० को अग्रता दिलाएका थिए।

यस जितसँगै धनगढीले ५ खेलमा १० अंक जोडेको छ।यस जितसँगै धनगढीले प्लेअफमा स्थान पक्का गरेको छ । धनगढी प्रतियोगिताको प्लेअफ पुग्ने पहिलो टिम बनेको छ। शीर्ष चार टोलीले प्लेअफ खेल्ने छन्।