कञ्चनपुरमा होम आइसोलेशनमा एक महिलाको मृत्यु

0

कञ्चनपुर– कञ्चनपुरमा होम आइसोलेशनमा एक महिलाको मुत्यु भएको छ। भीमदत्त नगरपालिका ८ तिलाचौरका ६५ वर्षीय महिलाको मृत्यु भएको हो।

महाकाली अस्पतालका अनुसार २० गते स्वाब परीक्षणको लागी दिइएकोमा २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने २२ गते विहान उनको होम आइसोलेशनमै मृत्यु भएको जनाएको छ।