कैलाली र कञ्चनपुरमा कोरोना सक्रमणबाट थप ४ जनाको मृत्यु

0
file-photo

कैलाली- कोरोना भाइरस संक्रमणबाट कैलालीमा थप ४ जनाको मृत्यु भएको छ। कोरोना सक्रमणबाट कौललीका ३ र कन्चनपुरका १ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ७२ वर्षीय पुरुष र वडा नम्बर ८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी जोशीले बताए।

दम सम्बन्धि समस्या भएका ७२ वर्षीय पुरुषको मंगलबार ८ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको हो भने श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका ५८ वर्षीय पुरुषको मंगलबार साँझ ७ बजेको समयमा मृत्यु भएको हो। यस्तै कैलालीको गौरीगंगा नगरपालिका १ का ३५ वर्षीय पुरुषको र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ।