बाजुरामा आज बिहान ५ बजेदेखि निषेधाज्ञा

0

बाजुरा- बाजुरा जिल्लामा दिन प्रतिदिन फैलिदै गएको कोरोना भाईरस महामारीका कारण जोखीम बढ्दै गएपछि कोभिड १९ संकट ब्यबस्थापन समितिको निर्णयनुसार बाजुरामा बु्धबार बिहान (आज) देखी निषेधाज्ञा जारी जारी गरेको छ। बैशाख २२ गते बिहान ५ बजेदेखी लागु हुने गरी ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गर्ने निणर्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताएका छन।

सर्बसाधारण सबैले अत्याआवश्यक काम बाहेक घर बाहिर ननिस्कने, एम्बुलेन्स बिरामी तथा कुरुवा लगायत ३ जना मात्र एम्बुलेन्समा जान पाउने, खाद्य साम्रगी, तथा पशुपन्छीको दाना तरकारी फलफुल दुग्ध पदार्थ माछा माशु पानी ग्याँस तथा प्रेटोलियम पदार्थ बोकेका सवारी साधानहरु चिकित्सकहरुले आउने जाने सवारी साधान अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधानहरु बाहेकका बाजुरा जिल्ला भित्र संचालन हुने यात्रुबाहक सार्बजनिक तथा निजि सवारी साधानहरु संचालन गर्न नपाउने निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिएका छन ।

त्यसै गरी खाद्य साम्रगी, तथा पशुपन्छीको दाना तरकारी फलफुल दुग्ध पदार्थ माशु पसल र निर्माण साम्रगी बिक्रि गर्ने पसलहरु बिहान ६ बजेदखी १० बजे सम्म र दिउसो ४ बजेदेखि ६ बजे सम्म संचालन गर्न पाउने निर्णय गरिएको भण्डारीले बताए।