सुप विश्वविद्यालयद्धारा गृष्मकाली विदादेखि माईक्रोसप्ट अफिस ३६५ सेवाबाट पठनपाठन सुरु गर्ने निर्णय

0

कञ्चनपुर-सुदूरपश्चिम विश्वविद्यालयले अवदेखि माईक्रोसप्ट अफिस ३६५ को सेवा प्रयोग गरि पठनपाठन हुने भएको छ। विश्व विद्यालयले यस भन्दा अघि वैकल्पिक माध्याम जुनबाट पठनपाठन सुरु गरेको भएपनि प्रभावकारी नदेखिएपछि टिम माध्यामबाट पठनपाठन सुरु गर्न लागेको हो।

कोरोना महामारीको रुपमा फैलिदै गईरहेको भेरियान्टसहित कोभिड १९ का कारण सुदूरपश्चिम विश्व विद्यालयमा कार्यरत शिक्षक कर्मचारी एवम् अध्ययनरत विद्यार्थी अस्वस्थ भई पठनपाठनमा असहज भएको विश्वविद्यालयले जनाएको छ।

२०७८ बैशाख २१ गते बसेको बैठकले सवै क्याम्पस, विभागहरुमा यस वर्षको गृष्मकालीन विदा कट्टी हुने गरि बैशाख २२ गतेदेखि जेठ ४ गतेसम्म गृष्मकालीन विदा दिने निर्णय गरेको छ। उक्त समयमा विश्वविद्यालय केन्द्रीय कार्यालय लगायत सम्पूर्ण निकायहरुमा वैकल्पिक माध्यामबाट प्रशासनिक कामहरु सञ्चालन गर्ने गराउने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ।