सुदूरपश्चिममा एकैदिन कोरोनाबाट ८ जनाको मृत्यु, २७ जना निको भए,४४६ संक्रमित थपिए

0

कैलाली-सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ८ संक्रमितको मृत्यु भएको छ। जसमा कञ्चनपुरमा २ जना, कैलालीमा ४ जना, बझाङमा १ जना र बर्दियामा १ जनाको मृत्यु भएको हो। ८ जना मध्ये ५ जनाको एन्टिजेन पोजेटिभ आएको र ३ जनाको पिसिआर पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। हाल सम्म प्रदेशमा १ सय ३४ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

स्वास्थ्य निर्देशनालयले पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा ४ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये सबै भन्दा धेरै कैलालीका रहेका छन्। कैलालीका मात्रै १ सय ३९जनामा संक्रमण पुष्टि भएको छ।

कञ्चनपुरका १ सय ३१, बैतडीका ५२, डडेल्धुराका ४५, अछामका २८, डोटीका २६, बझाङका २३, दार्चुला र अन्य जिल्लाका १ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा २७ जना निको भएका छन् ।