माओवादी केन्द्रले फिर्ता लियो ओली सरकारलाई दिएको समर्थन, सरकार अल्पमतमा

0

काठमाडौं-नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। मंगलवार बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने उदेश्यले प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेका छन्। प्रधानमन्त्री आफैंले विश्वासको मत लिने घोषणा गरेपछिपछि माओवादीले समर्थन फिर्ता लिएको हो। प्रधानमन्त्री ओलीले २७ वैशाखमा बस्ने संसद वैठकमा अविश्वासको प्रस्ताव सामना गर्ने तयारी छ। माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ।