सुन प्रति तोलामा थप २०० रुपैयाँले वृद्धि

0

काठमाडौं– हिजो (सोमबार) ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा थप २०० रुपैयाँ वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला ९० हजार ६०० रुपैयाँ बायम भएको छ।

त्यस्तै, तेजाबी सुनको मूल्य आज ९० हजार १०० रुपैयाँ कायम भएको छ। महासंघका अनुसार यता चाँदीको मूल्य भने मंगलबार प्रति तोला २५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३२५ रुपैयाँ कायम भएको छ।