जगेडा राखिएका अक्सिजन फिर्ता गर्न आग्रह

0

काठमाडौं-औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले कोरोनाको डरले घरमा जगेडा राखिएको अक्सिजन सिलिण्डर फिर्ता गर्न अपिल गरेका छन्। अक्सिजनको सिलिण्डर व्यक्तिको घरमा, जलविद्युत आयोजनामा ठुला गाडीको वर्कसपमा र सुनका गरगहना बनाउने कारखानामा सिलिण्डर जगेडा रहेकाले ति सबै फिर्ता गर्न अध्यक्ष बस्नेतले बताएका हुन्।

उनले भने, ‘सिलिण्डर घरमा राख्ने सबैले कम्पनीमा फिर्ता गरिदिनुस्। यसले मान्छेको ज्यान बचाउँछ। यो ठुलो दान गरे सरह हो।यस्तो बेला सिलिण्डर घरमा राख्नु भनेको अपराध हो । सिलिण्डरको अभावले कोही मान्छे छट्पटाएर मर्ने अवस्था आयो भने पाप गरे सरह हुन्छ।

कोरोना संक्रमण भइहाले अक्सिजनले बचाउने भन्दै सर्वसाधारणहरुले आफूसँग भएको अक्सिजन सिलिण्डर फिर्ता नगरेपछि अहिले अभाव देखिएको छ।