बाजुरामा सोमबार थप २ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

0

बाजुरा-जिल्ला कारागार बाजुरामा थप दुई जना कैदीवन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। ८ कैदीलाई गरिएको एन्टिजेन परीक्षणमा दुई जनामा संक्रमण देखिएको जिल्ला प्रहरी कार्यलयमा प्रहरी प्रमुख (डिएसपी) मदन महराले जानकारी दिए।

आईतवार एक जना कैदीबन्दीमा कोरोना पुष्टि भएको थियो। तीनै जना जना संक्रमितलाई कारागार भित्र अलगै आइसोलेशन बनाएर राखिएको उनले बताए। बाजुरा कारागारमा २५ जनाको क्षमता भए पनि ५९ जना कैदी राख्दा सबै सँगै सुत्ने गरेका छन्। कारागारमा रहेका अन्य कैदीबन्दीहरूमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको महराले बताए।