कोरोना संक्रमित नेपाली सेनाका नायकको उपचारका क्रममा काठमाडौंमा मृत्यु

0

दार्चुला- दार्चुलामा कोरोना संक्रमणबाट आईतवार काठमाडौं लगिएका नेपाली सेनाका नायकको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि सिम्रिक हेलिकप्टरमार्फत काठमाडौं रिफर गरिएका नेपाली सेनामा कार्यरत दार्चुलाको ब्याँस गाउँपालिका घर भएका ४५ वर्षीय सेनाका नायकको काठमाडौंमा मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

वैशाख १५ गते जिल्ला अस्पतालमा उनमा गरिएको एन्टिजेन पोजेटिभ आएको थियो। अस्पतालकै आइसोलेशनमा रहेका उनको स्वास्थ्य अवस्था दिनदिनै बिग्रीदै गएपछि आइतबार रेफर गरिएको थियो। सोमबार मात्रै १९ जनाको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।