कञ्चनपुरमा सोमबार ६७ जनामा काेराेना संक्रमण पुष्टि, ५४ जना संक्रमित निको भए

0

कञ्चनपुर –कञ्चनपुरमा सोमबार ६७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। पिसिआर परीक्षणबाट ५ र एण्टिजेन परीक्षणबाट ६२ जनामा संक्रमण पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पिसिआर परीक्षणमा भीमदत्त र पुनर्वास नगरपालिकामा २/२ र कृष्णपुर नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी एण्टिजेन परीक्षणमा दोधारा चाँदनीमा २६, भीमदत्त नगरपालिकामा १६, गड्डाचौकी हेल्थ डेस्कमा १०, बेदकोट नगरपालिकामा ५, बेलौरीमा ४ र पुनर्वासमा १ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य कार्यालयका अनुसार पिसिआर परीक्षण गराएका ३९० र एण्टिजेन परीक्षण गराएका ५१४ जना संक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा जिल्लामा ५ जना संक्रमितको मृत्यु भएको छ।

सोमबार कोरोना निको भएर ५४ जना डिस्चार्ज भएका छन्। कोरोना संक्रमण तीब्र गतिमा बढ्दै गएपछि कञ्चनपुरमा लागु गरिएको निषेधाज्ञाको समयावधी वैशाख ३१ सम्म पुर्याईएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको वैठकले निषेधाज्ञाको समयावधी बढाउनुका साथै थप कडाइ गर्ने निर्णय समेत गरेको हो।

निषेधाज्ञा अवधीमा तरकारी तथा फलफुल पसल समेत हप्ताको तीन दिन आईतबार, मंगलबार र बिहिबार बिहान ६ देखि ९ वजेसम्म तीन घण्टा मात्रै सञ्चालन गर्न पाइनेछ। यसबाहेक बैंक तथा वित्तिय संस्थाहरु पनि बन्द रहनेछन्।