कोरोनाविरुद्धको खोपः २० लाख ९१ हजार ५११ जनाले पहिलो र ३ लाख ६२ हजार १ जनाले दोस्रो डोज लगाए

0

काठमाडौं –काठमाडौ कोरोनाभाइरस कोभिड १९ संक्रमण विस्तार रोक्न काठमाडौंसहितका जिल्लाहरूमा निषेधाज्ञा शुरू भएसँगै सरकारले कोरोनाविरुद्धको खोप अभियान स्थगित गरेको छ।

हालसम्म २० लाख ९१ हजार ५११ जनाले खोपको पहिलो डोज पाएका छन्। यस्तै, ३ लाख ६२ हजार १ जनाले खोपको दोस्रो डोज लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

भारतबाट खरीद र अनुदान गरी २० लाख, कोभ्याक्स अन्तर्गतको ३ लाख ४८ हजार र चीनबाट ८ लाख अनुदान गरी ३१ लाख ४८ हजार भाइल खोप देशमा भित्रिएको छ।
पहिलो र दोस्रो डोज लगाइसके पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने सहप्रवक्ता अधिकारीले बताए ।