सुदूरपश्चिम र गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

0

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका थिए।

उनीहरुलाई सोमबार अपरान्ह राष्ट्रपति भण्डारीले शपथ गराएकी हुन्। शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए। गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए। उनीहरुलाई मन्त्रिपरिषदको सिफारिश राष्ट्रपति भण्डारीले सोमबार नै पदमुक्त गरेकी छिन् ।