गड्डाचौकी र त्रिनगर नाकामा १३ दिनको अवधीमा २१,३७८ जनाको एन्टिजेन परीक्षण, १,५८१ जनामा कोरोना पोजेटिभ

0

कञ्चनपुर-कञ्चनपुरको त्रिनगर र गड्डाचौकी नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा १३ दिनको समय अवधीमा भारतबाट फर्किएका २१ हजार ३ सय ७८ जनाको एन्टिजेनबाट कोरोना परीक्षण गरिएको छ।

दुवै नाका हुँदै भारतबाट फर्किएका मध्ये १ हजार ५ सय ८१ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको तथ्यांक छ। माथिको तथ्यांक चैत ६ गतेदेखि बैशाख १९ गतेसम्मको हो। सोही समयमा त्रिनगर नाकाबाट १६ हजार ९६ जना भित्रीएका छन्। जसको एन्टिजेनबाट कोरोना परीक्षण गर्दा १ हजार ५ सय २४ जनामा पोजेटिभ देखिएको छ।यसैगरी सोही समयमा गड्डाचौकी नाकाबाट ५ हजार २ सय ८२ जना भारतबाट नेपाल भित्रीएका छन्।

जसमा एन्टिजेन परीक्षण गर्दा ३ सय ८९ जनामा कोरोना पोजेटिभ देखाएको तथ्यांकमा उल्लेख छ। कञ्चनपुर पछि पर्साको इनरुवा हेल्थ डेस्कमा कोरोना परीक्षण भएको छ। सोही समयमा १ हजार २ सय ६६ जनामा कोरोना परीक्षण गर्दा १ सय ११ जनामा पोजेटिभ देखिएको छ।

अन्य जिल्लाको ग्राफ भन्दा कञ्चनपुरको ग्राफ एकदम उच्च रहेको छ। जुन ग्राफबाट कैलाली र कञ्चनपुर कोरोनाका अति प्रभावित जिल्ला हुन् भन्ने देखाउँछ।