रामारोशन गाउँपालिका एक हप्ताका लागि बन्द गर्ने निर्णय

0

अछाम- अछाम जिल्लाको रामारोशन गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि गाउँपालिकाले दिने स्वास्थ्य सेवा बाहेक सम्पुर्ण सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको छ।

रामारोशन गाउँपालिकाको संकट व्यावस्थापन समितीको सोमवार बसेको बैठकले समुदायको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै दोस्रो लहरमा तिब्रगतिमा फैलीरहेको संक्रमण लाई फैलिन नदिन रोकथाम तथा नियन्त्रणका लागि अर्को व्यवस्था नभएसम्म मंगलबार बाट २७ गते सम्मका लागि स्वास्थ्य सेवा बाहेक सम्पूर्ण सेवा पुर्ण रुपमा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारिले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय अछामले गरेको निषेधाज्ञा लाई पालना गर्दै सरकारले लागु गरेका आवश्यक सर्तहरुको पालना गरेर नागरिकले सुरक्षीत रुपमा बस्न र सर्तकता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ।