बाजुरामा एक कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टि

0

बाजुरा-बाजुरा जिल्लाको कारागारमा एक जना कैदीबन्दीलाई कोरोना पोजेटिभ देखिएको छ। आईतबार एन्टिजेन प्रबिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला कारागार बाजुरामा २५ जनाको क्षमता रहेको कारागारमा हाल ५९ जना कैदीन्दी रहेका छन्। धेरै जना कैदीबन्दीहरुको कोरोनासँग मिल्दो जुल्दा लक्षण देखिने गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजीत महराले जानकारी दिए।

उक्त ब्यक्ति पोजेटिभ देखिएपछि थप ७ जना कैदीबन्दीलाई कोरोना परीक्षणका जिल्ला अस्पताल लगिएको महराले बताए । उनीहरुको रिपोर्ट नआउन्जेलसम्म अस्पतालमै राखिने र तिनीहरुको रिपोर्टको आधारमा अन्य कैदीबन्दीहरुको परीक्षण जिल्ला कारागारले जनाएको छ।