सुनको मूल्य तोलामा ३ सयले बढ्यो

0

काठमाडौं-स्थानीय बजारमा सुनको मूल्य ३ सय रुपैँयाले बढेको छ। हिजो (बुधबार) प्रतितोला रु ९० हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज भने रु ३ सयले बढेर प्रतितोला रु ९० हजार ८ सय कायम भएको छ।

त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मुल्य आज प्रतितोला रु ९० हजार ३ सय कायम गरिएको छ।

चाँदीको मुल्य तोलामा रु १३१५ कायम गरिएको महासंघले जनाएको छ।