कैलाली कञ्चनपुरका बैङ्कले १ बजे सम्म सेवा दिने

0

कैलाली-कैलाली र कञ्चनपुरमा निषेधाज्ञाको अवधिमा पनि बैङ्क सञ्चालन हुने भएका छन्।नेपाल बैंकर्स सङ्घ सुदूरपश्चिम इकाई ले कैलाली र कञ्चनपुरमा तीन घण्टा सम्म बैङ्किङ सेवा सञ्चालन गर्ने निर्णय गरेको होइकाईका अध्यक्ष बिरुराम जैशीको अध्यक्षतामा बसेको इकाईको बैठकले बिहान १० बजेदेखि दिउसो १ बजे सम्म बैङ्किङ सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

कैलाली कञ्चनपुरका प्रशासनले कोरोनाको महामारीलाई मध्यनजर गर्दै वैशाख १६ गते देखि २२ गते सम्म निषेधाज्ञा जारी गरेको छ।