बुधबार ७०० रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँ कायम

0

काठमाडौँ– आज (बुधबार) सुनको मूल्यमा ७०० रुपैयाँले ओरालो लागेको छ।

मंगलबार प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन ७०० रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँ कायम भएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापा वाल सुन प्रति तोला ९० हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले घट्दै बुधबार १ हजार ३०५ रुपैया कायम भएको छ।