आज नेप्से परिसूचक ९२.४६ अंकले वृद्धि

0

काठमाडौं -साताको तेस्रो दिन मंगलबार आज सेयर बजार उकालो लागेको छ।

दुई दिन लगातार उच्च अंकले घटेको सेयर बजारमा आज भने एकैदिनमा ९२ अंक भन्दा धेरैले उकालो लागेको हो।

आज नेप्से परिसूचक ९२ दशमलव ४६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलव ०७ अंकमा पुगेको छ । ‘ आईतबार र सोमबार गरी १४१ अंक भन्दा धेरैले ओरालो लागेको थियो ।

अनज सेन्सेटिभ इन्डेक्स पनि १४ शदमलव ४८ अंकले वृद्धि भएको छ । समूहगत सवइन्डेक्सहरु पनि सबै वृद्धि भएका छन् । तर कारोबार रकम भने आइतबार र सोमबारको तुलनामा कम भएको छ ।

आज ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९ सय ५७ रुपैयाँको सेयर कारोबार भएको छ ।

यस अघि आइतबार ७ अर्ब भन्दा माथिको र सोमबार ६ अर्ब ५९ करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएको थियो ।