बाजुराका धर्मेन्द्र ‘भ्वाइस अफ नेपाल’को अर्को राउण्डमा प्रवेश

0

बाजुरा-जिल्लाको बुढीनन्दा नगरपालिका–२ कोल्टीका २४ वर्षीय धर्मेन्द्र सुनारले ‘ भ्वाइस अफ नेपाल’को ब्याटल राउण्ड पार गरेका छन्। शनिवार साँझ कोच प्रमोद खरेको टीमबाट ब्याटल राउण्डमा उनले बर्षा थापालाई पछि पारेका हुन्।

ब्लाइन्ड अडिशनमा धर्मेन्द्रको प्रस्तुतिलाई मन पराएर सामाजिक सञ्जालमा उनी निकै भाइरल भएका थिए। बाजुराको दुर्गम ठाउँका उनले डिजिटल एडिसेन भ्वाइस अफ द नेपालमा पठाएपछि उनी छनोट भएका थिए।

भ्वाइस अफ द नेपालका जजले उनको स्वर तथा कलालाई मन पराएपछि उनको घर बाजुराको कोल्टिमै भ्वाइस अफ द नेपालको टिम बाजुरामा पुगेर ल्याएको थियो।धर्मेन्द्र बिगत १२ बर्ष देखि सांगितिक क्षेत्रमा रहेका छन् ।