गौरीफन्टा नाकाबाट आईसोलेशनमा लैजाने क्रममा कोरोना संक्रमित एम्बुलेन्सबाटै भागे

0

कैलाली-भारतबाट नेपाल आएका कोरोना संक्रमित आइसोलेसन सेन्टर लैजाने क्रममा एम्बुलेन्सबाट फरार भएका छन्। उनीहहरुलाई धनगढीस्थिच त्रिनगर नाकामा एन्टिजेन प्रविधिमार्फत् परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा एम्बुलेन्सबाट पठाउने क्रममा भागेकाे भन्ने आएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी भरतबहादुर चौधरीले जानकारी दिए। उनले भारतीय नागरिक भन्ने खवर आएको छ तर कति जना भागे भन्ने कुरा थाहा नभएको बताए। उनले उनीहरुको खोजी कार्यका लागि प्रहरी परिचालन गरेको बताए।