महाकाली अस्पतालमा अर्को व्यवस्था नभएसम्म आईसीयुमा कोरोनाका विरामीको मात्रै उपचार (विज्ञप्तिसहित)

0

कञ्चनपुर-महाकाली अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित भएको छ। महाकाली अस्पताल व्यवस्थापन समितिले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालको आईसीयुमा उपचाररत पाँच जना विरामीमा कोरोना संक्रमण देखिएकाले अन्य व्यवस्था नभएसम्मका लागि आईसीयुमा कोरोनाका विरामीको मात्रै उपचार गर्ने उल्लेख गरिएको छ।

बुधबार अस्पतालका ५ जना प्रशासनका कर्मचारी,४ जना स्टाफ नर्स र ४ जना कार्यालय सहयोगिमा संक्रमण देखिएपछि अस्पतालको सेवा प्रभावित भएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले जानकारी दिए ।