भारतीय प्रधानमन्त्री मोदीद्वारा पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द

0

काठमाडौं-कोभिड–१९ को महामारीबीच शुक्रबार आयोजना हुने भनिएको भारतीय जनता पार्टीको चुनावी र्यालीको कार्यक्रमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रद्द गरेका छन्।

प्रधानमन्त्री मोदीले बिहीबार साँझ ट्वीट गर्दै आफूले पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द गरेको जानकारी गराएका हुन्। यस्तै मोदीले शुक्रबार कोभिड–१९ बारे छलफल गर्न उच्चस्तरीय बैठक गर्ने पनि ट्वीटमार्फत जानकारी दिएका छन्। उनको चुनावी प्रचारका लागि पश्चिम बङ्गाल जाने कार्यक्रम रहेको थियो।

यसअघि निर्वाचन प्रचारका लागि पश्चिम बङ्गाल जाने कार्यक्रम विपक्षी नेता राहुल गान्धीले पनि रद्द गरेका थियो । कार्यक्रम रद्द गरेपछि निर्वाचन प्रचारप्रसारका लागि अन्य दलहरूलाई पनि सोच्न गान्धीले आग्रह गरेका थिए। एजेन्सी