बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु

0

बझाङ-बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडानम्बर ६ का ४८ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल प्रशन नारायण जोशीले जानकारी दिएका छन् ।

संक्रमित भारतको तामिललाडु भन्ने ठाउँबाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगसालामा बैशाख १ गते कोभिड एन्टिजेन्ट विधिबाट चेक गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

सक्रमितको स्वास्थ्यमा थप समस्या देखिए पछी थप उपचारको लागी कोहोलपुर लिदै गर्दा बाटोमै मृत्यु भएको हो।