मेकअप विग्रीने डरले मास्क नलगाउँदा बेहुलीलाई तिरायो प्रहरीले भारु एक हजार जरिवाना

0

काठमाडौं-भारतमा मास्क नलगाएका कारण एक बेहुलीले जरिवाना तिर्नुपरेको छ । पञ्जाबको चण्डीगढमा आफ्नै विवाहका लागि मण्डपमा जाने क्रममा बेहुलीले मेकअप बिग्रिने भन्दै मास्क लगाएकी थिइनन् ।

गाडीभित्र मास्क नलगाई बसेको देखेपछि प्रहरीले ट्राफिक लाइटमा देखेर गाडी रोक्न लगाएको थियो । बेहुलीले मास्क नलगाएको भन्दै रोक्न लगाइएको थियो । प्रहरीले कार रोकेपछि भर्खरै महँगो मेकअप गरेको र मास्क लगाउँदा बिग्रिने भएकाले मास्क नलगाएको भन्दै उनी र उनका परिवारका सदस्यले स्पष्टीकरण दिएका थिए ।

प्रहरी र उनको परिवारको अनुनयविनयलाई प्रहरीले अस्वीकार गर्यो र भारु एक हजार जरिवाना गराइछाड्यो ।