भारतबाट गौरीफन्टा नाका हुँदै आएका ६२ जनामा कोरोना संक्रमण पुष्टि

0

कैलाली-गौरीफन्टा नाका हुँदै बिहीवार नेपाल फर्किएकामध्ये ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदका अनुसार सो नाका भएर बिहीबार ७ सय जना भित्रिएका छन्।

तीमध्ये ४ सय १८ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ६२ जनामा संक्रमण पुस्टि भएको उनले बताए। हालसम्म उक्त नाकाबाट भित्रिएकामध्ये १० हजार ४ सय १८ जनाको कोरोना परीक्षण गरिएको छ जसमध्ये १ हजार १२ जनामा संक्रमण पुस्टि भएको छ।