‘ओली र नेपाल दुवै पार्टी एकताको पक्षमा छन्, ठूलो घाउ एक दुई वटा वार्तामा निको हुँदैन ’

0

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता प्रगतिउन्मुख भएको बताएका छन्। दुई नेताबीचको वार्तामा सँगै रहेका दुगडले दुई दिनको वार्ता टुंगोमा नपुगेपनि पैगतिउन्मुख भएको बताएका हुन्। उनले भने, ‘यो ठूलो घाउ हो एक दुई वटा वार्तामा निको हुँदैन ।दुई नेताबीचको वार्ता टुंगोमा नपुगे पनि सकारात्मक छ । डेड घण्टाको वार्ता हुनु भनेको सकारात्मक हो।’

दुगडले दुई दिनको वार्तामा दुवै नेताले पार्टी फुट्न नहुने साझा भावना व्यक्त गरेको बताए। उनले भने, ‘दुवै नेताको साझा भावना पार्टी फुट्नु हुँदैन भन्ने छ । वरिष्ठ नेता नेपालले आफू पार्टी फुटाउने पक्षमा नरहेको बताउनुभयो।’ ओली र माधव नेपालबीच भोलि वा पर्सि नै अर्को वार्ता हुने बताईएको छ।