बैतडीमा एकैवडाका ७ जनामा कोरोना पुष्टि

0

बैतडी-जिल्लामा एकै वडाका सात जना सहित थप १० जनामा कोरोना पुष्टि भएको छ। पीसीआर विधिबाट परीक्षण गर्दा ८ जनामा र एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा २ दुई जनामा गरी बुधबार १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

झुलाघाट नाकामा एन्टीजेन परीक्षण गर्दा दशरथचन्द नगरपालिका १ गुरुखोलाका ४९ बर्षीय पुरुष र पञ्चेश्वर गाउँपालिका ६ बिजुलका ४६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै पिसीआर प्रयोगशालामा परीक्षण गर्दा ग्लोबल आइएमइ बैंक गोठलापानीमा कार्यरत २८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै मेलौली नगरपालिका वडा नं ७ का ७ जनामा कोरोना पुष्टि भएको छ । वडा नं ७ तोल्याका ३२,४०,४५ र ६० बर्षीय पुरुष तथा ११, ६० र ६० बर्षीय महिला गरी ७ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै बैतडीमा सक्रिय संक्रमितको संख्या ३७ पुगेको छ ।