राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते

0

काठमाडौं-नेकपा माओवादी केन्दले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारवाही गरेपछि निर्वाचन आयोगले रिक्त रहेको स्थानमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ ।

उपनिर्वाचनका लागि दल दर्ता गर्ने समयावधि वैशाख १० देखि १४ सम्म निर्धारण गरिएको छ । वागमती प्रदेशबाट निर्वाचित सांसद थापा नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले कारवाही गरेको थियो ।

राष्ट्रियसभाको रिक्त स्थानमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानका कारण बिहीबारदेखि नै उपनिर्वाचनको तयारी शुरू भएको निर्वाचन आयोगले जनाएको छ ।