धनगढी बसपार्कबाट खप्तड मालिका यातायातका अध्यक्ष र निवर्तमान अध्यक्षसहित ४ जना पक्राउ

0

कैलाली- खप्तड मालिका यातायात प्रालिका अध्यक्ष दिलबहादुर खलौला र पूर्वअध्यक्ष अनन्तराज जोशीसहित चार जना पक्राउ परेका छन्। दुई जना अध्यक्षसहित भरत बडेल र खड्कबहादुर मल्ललाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले जानकारी दिए।

खलौला अध्यक्ष भएपछि जोशी समूहले अस्‍वीकार गर्दै आएका थिए। सोही विषयमा उक्त यातायात प्रालिमा विवाद बढ्दै गएको थियो। खलौला समूहले बनाएको क्यू अनुसार जोशी समूहले गाडी चलाउन नमानेपछि बसपार्कमा हातहालाहाल भएको थियो।उनकाअनुसार बसपार्क क्षेत्रमै झगडा गर्न थालेपछि उनीहरूलाई पक्राउ गरिएको हो।