मुख्यमन्त्री राईलाई ‘बलात्कारी’ भनेपछि बालिका पक्राउ

0

काठमाडौं- प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईलाई बालिका खड्काले ‘बलात्कारी’ को संज्ञा दिएकी छन्। नेकपा एमाले मुख्यालय थापाथलीमा बालिकाले मुख्यमन्त्री राईलाई बलात्कारीको संज्ञा दिएकी हुन्। उनले मुख्यमन्त्री राईलाई बलात्कारि भनेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।एमाले मुख्यालय धुम्बाराहीबाट बिहीबार बिहान थापाथली सरेको थियो ।

कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई बालिकाले ‘बलात्कारी’लगायतका अपमानजन्य शब्द प्रयोग गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रदेश-१ का मुख्यमन्त्री राईले आफूलाई बन्धक बनाएर बलात्कार गरेको आरोप बालिकाले लगाउँदै आएकी छन्। मुख्यमन्त्री राईले भने आफ्नो बालिकासँग त्यस्तो कुनै सम्बन्ध नभएको बताउँदै आएका छन् ।