एक किलो लागुऔषध चरेशसहित होटल सञ्चालक पक्राउ

0

कैलाली-जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीमा लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका ३ बोराडाँडीस्थित प्रगति होटलमा लागुऔषध चरेशको कारोवार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा एक जनालाई पक्राउ परेको हो।

पक्राउ पर्नेमा बाजुरा बढीनन्द नगरपालिका वडा नम्बर ९ का ३२ बर्षका चक्र रोकाया रहेका छन्। होटलका सञ्चालक रहेको रोकायाले होटलभित्र झोलामा लुकाई छिपाई राखेको अवस्थाा प्रहरी १ किरो लागुऔषध चरेश बरामद गरेको हो।रोकायामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।