शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्या वृद्धि, १७ पुग्यो

0

कञ्चनपुर-जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ।

राष्ट्रिय गणना कार्यक्रम अन्तर्गत चैत १९ देखि २५ गतेसम्म गरिएको गणना अनुसार निकुञ्जमा गैँडाको सङ्ख्या ३ भाले, ४ पोथी, ६ पहिचान खुल्न नसकेको र ४ केटो गरी १७ पुगेको रहेका छन् ।

सन २०१५ मा गरिएको राष्ट्रिय गणनामा यहाँ गैँडाको सङ्ख्या ८ थियो ।सन् २०१७ मा चितवन राष्ट्रिय निकुञ्जबाट ५ गैँडा स्थानान्तरण गरिएको थियो। अघिल्लो राष्ट्रिय गणनाका आधारमा गैँडाको सङ्ख्या बढेको निकुञ्जका सहायक संरक्षण अधिकृत रवीन चौधरीले बताए।