धनगढीको नेतुवा ताललाई ‘वाटर पार्क’ बनाउने डिपिआर तयार, नगर प्रमुख वड भन्छन्,‘बर्षात्को पानी पार्कमा झार्ने र ‘ओभर फ्लो’ भएर बग्ने पानी मोहनामा निकास हुन्छ’

0

कैलाली-धनगढी उप–महानगरपालिका ३ मा रहेको नेतुवा ताललाई वाटरपार्क बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको छ।धनगढी उप–महानगरपालिकाले तयार गरेको नेतुवा ताल बाटर पार्कको अन्तिम प्रतिवेदनका लागि सुझाव संकलन गरिएको हो।

नेतुवा ताल ४२ रोपनी अर्थात ६४ कट्टामा रहेको छ। वाटर पार्क निर्माण गर्नका लागि द धनगढी कन्सल्टका सुनिल कुँवरले २० करोड अनुमानित लागत रहेको बताए। तालको एकातर्फ २ मिटरको फुटपाथ र अर्कोतर्फ ६ मिटरको सडक तयार गरिने प्रतिवेदनमा उल्लेख छ।

नेतुवाताल वाटरपार्कमा बगैचा, मन्दिर, सभाहल निर्माण गरिने छ धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले भने, ‘३ मिटर गहिराईमा रहने तालमा बोटिङ्ग समेत चलाउन सकिने छ।’नेतुवाल तालमा धनगढी उप–महानगरपालिका वडा नं ३ मा रहेको बर्षातको पानी झार्ने तथा त्यहाँको पनि मोहना नदीमा फाल्ने गुरु योजना तयार गरिएको नगरप्रमुख वडले बताए।

नेतुवा ताल वाटर पार्क योजना नगरको प्राथमिकताको योजना रहेको पनि नगरप्रमुख वडले बताए। उनले बर्षाद्को समयमा चटकपुर, केदार टोल लगायतको पानी वाटर पार्कमा झार्ने र ओभर फ्लो भएको पानी मोहना नदिमा निकास गर्ने गरि कार्य अगाडि बढाईने बताए।

धनगढी उप–महानगरपालिकाका डिभिजनल ईन्जिनियर डिजराज भट्टले केहि दिन भित्रै बिस्तृत योजना अन्तरगत टेन्डर निकाल्ने तयारी भईरहेको बताए। उनले वाटर पार्क पञ्चवर्षीय योजना अन्तर्गत रहेने बताए। वाटर पार्कको डिपिआरका लागि काठमाडौंबाट नै द धनगढी कन्सल्टले प्राविधिकको टोली बोलाएको छ।