ओली र नेपालबीच वार्ता सकियो

0

काठमाडौं-नेकपा एमालेलाई एकतावद्ध राख्न वार्तामा जुटेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो दिनको वार्ता सकिएको छ।

नागपोखरीस्थित होटल मेरियटमा आज झण्डै डेढ घण्टा दुई नेताबीच वार्ता भएको छ । वार्तामा भएको कुराकानी र निष्कर्ष भने सार्वजनिक गरिएकाे छैन। मेरियटबाट केपी ओली बाहिरिसकेका छन् । माधवकुमार नेपाल भने होटलमै छन् ।