सुदूरपश्चिम प्रदेशमा कोरोनाको संख्या दिनप्रतिदिन बढ्दै, आज मात्रै थपिए ४४ जना कोरोना संक्रमित

0

कैलाली-सुदूरपश्चिममा थप ४४ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ६२ जनाको कोरोना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जना, कञ्चनपुरको पुनरवास नगरपालिकाका ५ जना, कैलालीको घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका र बर्दगोरीया गाउँपालिकाका तीन्तीन जना, टीकापुर नगरपालिकाका दुई जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उनका अनुसार कैलालीकै चुरे गाउँपालिका, जोशीपुर गाउँपालिका, डडेल्धुराको अमरगढी नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र बेतकोट नगरपालिका र डोटीको बडिकेदार गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालमा अहिले ३७ जना कोरोना संक्रमितको उपचार भईरहेको छ।