बित्थ्डचिरमा बैशाख १२ गतेबाट वार्षिक परिक्षा सञ्चालन हुँदै (तालिका सहित)

0

दिनेश धामी, बझाङ्ग- बित्थडचिर गाउपालिकाका सबै बिधालयमा बैशाख १२ गतेबाट वार्षिक परिक्षा सञ्चालन हुने भएको छ। बैशाख ८ गते बसेको बैठकमा कोरोनाको बिकराल रुपलाइ मध्यनजर गर्दै परिक्षा सञ्चालन गर्ने भएका छन। गाउपालिकाभरीका सम्पुर्ण बिधालयमा कक्षा ८ ,११ र १२ बाहेक सबैको परिक्षा हुने र कक्षा ८ को बैशाख २६ गतेबाट हुने भएको छ।

विश्व महामारी कोरोनाले बिकराल रुप लिएको हुदा बिद्यार्थी अन्यायोलमा नपरुन भन्ने हेतुले परिक्षा सञ्चालन गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डले लिने गरेको माध्यामिक शिक्षा परिक्षा (एसईई) पनि बित्थडचिरमा बैशाख १२ गते देखि नै हुने भएको छ।

बित्थडचिरका सम्पुर्ण बिधालयमा आज देखि र्यान्डम टेस्ट गरिरहेका र परिक्षामा उच्च सतर्कता अपनाइ परिक्षा गराइने भएका छ्न । परिक्षामा एउटा कोठामा करिब ३० जना राख्नेगरि , अनिवार्य मास्क र अनिवार्य सामाजिक दुरी कायम गरि परिक्षा गरिने भएको छ। गाउपलिकामा वार्षिक परिक्षा बैशाख १२ गतेदेखी २० गतेसम्म सञ्चालन हुने भएको छ।