सशस्त्र प्रहरी कैलालीद्वारा एक लाख ५६ हजार बराबरको अवैध सामान बरामद

0

कैलाली- सशस्त्र प्रहरी कैलालीले एक लाख ५६ हजार बराबरको अवैध सामान बरामद गरिएको छ। टीकापुर नगरपालिका ७ कालाकुण्डा सीमाबाट १ लाख ५६ हजार ५ सय बराबरको अवैध सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली मातहत बीओपी कालाकुण्डाबाट खटिएको गस्ती टोलीले अवैध लत्ताकपडा र उक्त सामान ल्याउन प्रयोग गरिएको मोटरसाइकल बरामद गरिरएको छ।

बरामद गरिएको सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौला बुझाइएको सशस्त्र प्रहरी कैलालीले जनाएको छ।