कोरोनाकोे जोखिमलाई मध्येनगर गर्दै मुक्तिनाथ मन्दिर वैशाख मसान्तसम्म बन्द

0

मुस्ताङ- मुस्ताङको मुक्तिनाथ मन्दिर शनिबारदेखि बन्द हुने भएको छ ।

वैशाख ८ गते बसेको कोभिड–१९संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले ले मन्दिर बन्द गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को जोखिम बढ्न सक्ने भएकाले मुक्तिनाथ मन्दिरसहित जिल्लाका मठ मन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक स्थलहरु शनिवारदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए।
जिल्ला सीसीएमसीको बैठकले ४ बुँदे निर्णय गरेको छ ।

यस अघि चैत्र १२ गते बसेको डीसीसीएमसीको बैठकले मुस्ताङको ५ वटा स्थानीय तहमा क्वारेन्टीन र आइसोलेसन कक्ष उपलब्ध गराउने स्थानीय तहसँग समन्वय गरेको छ ।