समूह चरणको अन्तिम खेल नेपाल र मलेसिया खेल्दै

0

काठमाण्डौ– त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा बिहीवार (आज) समूह चरणको अन्तिम खेल हुँदैछ। समूह चरणको अन्तिम खेलमा दिउँसो सवा १ बजे त्रिवि क्रिकेट मैदानमा नेपालले मलेसियासँग खेल्दै छ।

नेपाल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ। मलेसिया भने प्रतियोगिताबाट बाहिरिसकेको छ। यसअघिको खेलमा मलेसियालाई नौ विकेटले हराएको नेपाल यो खेलमा पनि मलेसियालाई हराउने दाउमा छ भने मलेसिया यो खेलमा जित निकाल्दै सुखद अन्त्यको खोजीमा हुनेछ।

बुधवार (हिजो) मलेसिया र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा सकिएसँगै नेपाल र नेदरल्याण्ड्स फाइनलमा पुगेका हुन्।