आगामी तीन दिनको मौसम पूर्वानुमान: हावाहुरी र चट्याङ पर्ने सम्भावना

0

काठमाडौं– काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ३ बजेतिरदेखि ४ घण्टासम्म काठमाडौँसहितका स्थानमा वर्षा भएको हो।

महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार वर्षा गराउने मौसम प्रणाली भारतको दक्षिणी क्षेत्र हुँदै वाग्मती प्रदेशमा आइपुगेको छ । यसकै असरले अहिले वाग्मतीसहित, प्रदेश २, प्रदेश १ लगायतका क्षेत्रमा वर्षा भएको उनले बताइन्। यो प्रणाली गण्डकी प्रदेश हुँदै अन्यत्र पनि विस्तार हुने उनले बताइन् । प्रिमनसुनको समय भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि कायमै रहेको उनले बताएकी छन् ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

वैशाख ९ गते (बिहीबार)

देशभर आँशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ । देशभर पहाडी भू-भागहरुमा आँशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।

वैशाख १० गते (शुक्रबार)

देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरीसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ। देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरुमा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आँशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरीसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

वैशाख ११ गते (शनिबार)

देशभर आँशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश , सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरीसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।