सुदूरपश्चिम प्रदेशका तीन नयाँ शहरको विकासका लागि आइडीपी स्वीकृत, बेलौरी र भजनीमा प्रगति देखिएन

0
नयाँ शहरकाे डिजाइन।

कैलाली-देशका विभिन्न जिल्लामा नयाँ शहर विकास गर्ने घोषणा गरेको सरकारले हालसम्म जम्मा ११ वटा नयाँ शहरको आइडीपी स्वीकृत भएको छ।आर्थिक वर्ष २०६७ ६८ सालमा नयाँ शहर स्मार्ट सिटी विकास गर्ने घोषणापछि ११ शहरको आईडीपी स्वीकृत भएको हो।

नयाँ शहरका लागि थप गरिदै जाँदा चालु आर्थिक वर्षसम्म आइपुग्दा उक्त संख्या बढेर ३७ पुगेको छ। संघियता कार्यन्वयन गरेपछि भने सबै प्रदेश सरकारलाई हस्तान्तरण गरियो। यसले गर्दा आयोजनाका भवन पनि प्रत्येक प्रदेशका एकरएक गरि सातवटा मात्रै बनाइयो। तर, मन्त्रीपरिषद्को निर्णयले गत आर्थिक वर्षदेखि नयाँ सहर निर्माण पुनस् केन्द्र सरकारको मातहतमा ल्यायो।निमार्णको काममा भने प्रगति हुन सकेको छैन।

सरकारले भौतिक, सामाजिक तथा आर्थिक पूर्वाधारहरु निर्माण तथा विकास गर्न प्रत्येक शहरको लागि कम्तिमा ५ देखि २० वर्ष लाग्ने अनुमान गरेको छ। कैलालीको भजनी र कञ्चनपुरको बेलौरीमा नयाँ शहरका लागि आइडीपीको स्वीकृत योग्य फाइनल रिपोर्ट प्राप्त भएको नयाँ शहर आयोजना समन्वय कार्यालय जनाएको छ। बजेट अभावले भने शहर निर्माणको कार्य अलपत्र परेका छन्।

ट्रान्स हिमालाय ट्रायलका ५ हिमाली बस्तीहरू मध्ये बाजुराको मार्तडी पनि मोनोफोलोजिकल रिटेनमेन्ट एण्ड इन्ह्यान्समेन्ट प्लानको फाइनल रिपोर्ट स्वीकृत भएको छ।आयोजना कार्यालयका अनुसार चालु आवमा चारवटा ब्लक प्लान स्वीकृत भएका मध्ये अछामको साँफेवगर रहेको छ।

नयाँ शहरका लागि साँफेबगरमा २.८ किलोमिटर सडक कालोपत्रे गरिएको छ। खानेपानी अयोजना निर्माण सम्पन्न भएको छ। १ सय ६८ वटा सोलार बत्ति जडान गरिएको छ।

यस्तै बैतडीको पाटन पनि नयाँ शहरका लागि घोषणा गरियो। हालसम्म पाटनमा ३.२ किलोमिटर सडकको स्तरोन्नती गरिएको छ। ३२ वटा सोलार जडान गरिएको छ। सरकारी भवन निर्माण अन्तिम चरणमा पुगेको छ। खुला मञ्च निर्माण अन्तिम चरणमा पुगेको छ। ल्याण्डफिल साईटको लागि १.५ किलोमिटर लामो सडक निर्माण गरिएको छ। २ सय मिटर फुटपाथ निर्माण गरिएको छ।